प्रधानमन्त्री अाेलीसहित २० मन्त्रीले देखाएनन् सम्पत्ति विवरण
काठमाडाै । सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।
सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अख्तियार गरेको सरकार प्रमुखसहितको कानुन् मान्नपर्ने प्रशासनविद् डा काशीराज दाहालको भनाई रहेको छ ।
सरकारमा बस्नेहरुको सदाचार र पारदर्शिताको लागि सम्पत्ति विवरण बुझाउनु आवश्यक छ, उनले भने ।
नेपाल समाचारपत्रबाट