News स्वास्थ्य

ग्यास्ट्रिकबाट कसरी बच्ने ? यी हुन्, उपयुक्त उपाय

ग्यास्ट्रिकबाट कसरी बच्ने ? यी हुन्, उपयुक्त उपाय

हाम्रो स्वास्थ्यमा कहिलेकाहीँ विभिन्न कारणले गर्दा प्रतिकुल समस्याहरु आउन सक्छन् केही समस्याहरू घरेलु उपचारबाट नै समाधान गर्न सकिन्छ शरीरमा आउने समस्या मध्ये ग्यास्ट्राइटिस पनि एक हो जुन झण्डै ८० प्रतिशत नेपालीलाई  कुनै कुनै बेला लागेको अनुमान

 

 छाति पेटको बिचको खाल्टो वरिपरी दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु ग्यास्ट्रिकका लक्षण हुन् त्यसैगरी वाकवाकी लाग्ने, वान्ता हुने,  ढ्याउढ्याउ आउने,  वान्तामा रगत देखिने,  कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षणहरू पनि देखा पर्दछन्

 

नियमित खानपिनमा ध्यान नपु-याउँदा मानिसहरू ग्यास्ट्रिकको समस्याबाट ग्रसित हुन्छन् तर यो समस्यालाई समाधान गर्नका निम्ति केही घरेलु उपायहरु पनि छन् ति उपायहरूलाई निम्नअनुसार उल्लेख गरिएको  ।


. फास्टफुड

 बर्गर, पिज्जा, स्यान्डविचजस्ता खाद्यपदार्थको बढी प्रयोगले बच्चाको पाचन प्रणालीमा असर पर्न जान्छ जसकारण उसले खाना राम्रोसँग पचाउन सक्दैन पाचन प्रणालीले राम्रोसँग काम नगर्दा पेटसमेत राम्रोसँग सफा हुन पाउँदैन बिस्तारै ग्यास बढ्न थाल्छ त्यसैल ग्यास्ट्रिकबाट बच्नको लागि फास्टफुडहरू खाने बानीलाई त्याग्दा उपयुक्त हुन्छ

 


. हर्मोनमा परिवर्तन

महिलाको महिनावारी सुकेपछि पुरुषमा ५० वर्षपछि हर्मोनमा परिवर्तन आउन थाल्छ जसको असर पाचन प्रणालीमा पर्न पुग्छ त्यसैले, जति उमेर बढ्दै गयो, त्यति नै सन्तुलित भोजनमा जोड दिनुपर्ने हुन्छ यद्यपि, सन्तुलित भोजनको आवश्यकता जीवनमा सधैँ हुन्छ ।जुन खानाले पाचन प्रणालीमा असर पारेको अनुमान गर्नुहुन्छ, त्यस्ता खानाको प्रयोगमा बन्देज लगाउनुपर्छ सन्तुलित खानासँगै दैनिक कम्तीमा ३० मिनेट व्यायाम पनि गर्नुपर्छ


मांसाहारी खाना

यदि तपाईं ग्यास्ट्रिकको समस्याले ग्रसित हुनुहुन्छ भने ननभेज प्रयोगलाई छोड्दा राम्रो हुन्छ किनभने, मांसाहारी खाना पचाउन शरीरलाई लामो समय लाग्छ तर, शाकाहारी खाना भने छोटो समयमा सजिलै पचाउन सक्छ अझ रातको समयमा ननभेज खानाबाट जतिसक्दो बच्नुपर्छ खाइहालेमा निकै कम मात्र प्रयोग गर्नुपर्छ


. फुड एलर्जी

कमजोर पाचन शक्ति भएका मानिसले मैदाबाट बनेको खाद्यपदार्थ खानु निकै घातक हुन्छ ब्रेड, पिज्जाजस्ता खाद्यपदार्थले पाचन प्रक्रियामा असर पार्छ, जुन ग्यास्ट्रिकको कारण बन्छ त्यसैले मैदाबाट बनेका खानेकुरा, जंकफुड, रेस्टुरेन्ट आइटमबाट बच्न आवश्यक हुन्छ यस्ता खाद्यपदार्थले फुड एलर्जी पनि बनाउँछ यसो गरेमा ग्यास्ट्रिकलाई धेरै मात्रामा नियन्त्रणमा राख्न सकिन्छ


. एन्टिबायोटिक्स

कुनै पनि एन्टिबायोटिकको साइड इफेक्टका कारण पेटमा स्वस्थ ब्याक्टेरियाको कमी हुन जान्छ जसले पाचन प्रक्रियालाई समेत बिगार्छ पेटमा ग्यास बन्न सुरु हुन्छ यदि एन्टिबायोटिक लिएपछि ग्यासको समस्या आएमा डाक्टरको सल्लाहअनुसार ग्यास्ट्रो रेजिस्टेन्ट औषधि प्रयोग गर्नु राम्रो हुन्छ


. खाना खाने तरिका

अहिले मानिससँग निकै कम समय यतिसम्म कि कतिलाई खाना खाने फुर्सदसमेत छैन यस्तो गतिविधिले लाइफस्टाइलमा असर पर्न जान्छ कतिले छोटो समयमा छिटोछिटो खाने गर्छन् छिटो खाँदा नचपाई खाने समस्या पनि हुन्छ, जुन ग्यास्ट्रिकको कारण बन्न सक्छ त्यसैले खाना जहिले पनि राम्रोसँग चपाएर खाने बानीको विकास गर्नुपर्छ यसो गर्दा खाना पच्न पनि सहज हुन्छ


.ब्याक्टेरिया

पेटमा स्वस्थ अस्वस्थ ब्याक्टेरिया हुन्छन् यस्ता ब्याक्टेरियाको ब्यालेन्स नमिल्दा पनि ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ कुनै बिमारको साइड इफेक्टले पनि यस्तो हुन सक्छ यसका साथै लसुन, प्याजजस्ता तरकारीलाई सही तरिकाले प्रयोग नगर्दा पनि ब्याक्टेरियाको ब्यालेन्स बिग्रन सक्छ यदि ग्यास्ट्रिकको समस्याबाट बच्न चाहनुहन्छ भने यस्ता खाद्यपदार्थलाई सचेततापूर्वक सन्तुलित तरिकाले प्रयोग गर्न आवश्यक

 

स्वास्थ्य ग्यास्ट्रिक

विशेष