News विदेश

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

दमासकस ।  अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । 

 

लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ । 

 

हासाकाहमै शनिबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो । सो कुराको जानकारी यहाँको सरकारी समाचार समिति सानाले दिएको छ । 

 

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ । 

 

सिरियाली अरब रेड क्रिसेन्टकी हासाकाहस्थित प्रतिनिधिलाई उद्धृतगर्दै सानाले हासाकाहको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको थियो । 

 

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ । 

 

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो । अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाल यहाँ कारबाही गर्ने गरेका छन् । 

 

अमेरिकी नेतृत्वमा पछिल्लो समयमा पनि केही युरोपेली देशहरुसमेतले संयुक्त कारबाही गरेका थिए । सो कारबाहीपछि ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिएको बताइएको छ । 

 

अमेरिकाले सिरियामा रासायनिक हतियारको प्रयोग भएको पाइएमा कुनै पनि बेला फेरी हमला गरिने स्पष्ट पारेको छ । 

 

यस अघि शनिबार सिरियाको ससस्त्र आर्मीले एक व्यक्तव्य मार्फत अमेरिकाले हानेका मिसाइलहरु धेरैजसो असफल बनाइएको र केहि मात्र सफल भएको उल्लेख गरिएको थियो । 

 

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी तीन लाख भन्दा बढी मानिसको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् । 

आक्रमण मृत्यु दमासकस हवाई सेना

विशेष