News

संघीय सरकारको पहिलो नीति तथा कार्यक्रम आज 

संघीय सरकारको पहिलो नीति तथा कार्यक्रम आज 

काठमाडौं । नयाँ संघीय व्यवस्था लागू भएपछिको पहिलो नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आइतबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा उपस्थित भएर सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउनेछिन् ।  

 सरकारले पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक पु¥याउने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याउन लागेको हो । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्य ६.९ प्रतिशत छ । अब सरकारले पाँच वर्षमा यो आर्थिक वृद्धिदरको लक्ष्य दोहोरो अंकमा र्पुयाउने गरी आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रम ल्याउँदैछ । 

सरकारले नीति तथा कार्यक्रममा उत्पादनशील रोजगारीमूलक र न्यायपूर्ण वितरणसहित दोहोरो आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ । नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास, सुशासन र आर्थिक समृद्धिको प्रमुख एजेन्डालाई मूर्तरूप दिने गरी नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ ।

नीति तथा कार्यक्रममा सरकारका सबै क्षेत्रमा उत्पादन अत्यधिक बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

विशेष