News खेल

सन्दीपलार्इ फाइदा पुग्ने विकेटमा पनि दिल्लीले दिएन खेल्न

सन्दीपलार्इ फाइदा पुग्ने विकेटमा पनि दिल्लीले दिएन खेल्न

दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा अहिले राजस्थान रोयल्ससँग ९अौं अाइपीएलको खेल खेल्दैछ।

 
८ खेलखेलिसकेको दिल्लीले २ खेलमा मात्रै जित निकाल्न सकेको छ। पुछारमा रहेको टोलीलार्इ प्लेअफमा पुग्न अाजको खेल जित्नै पर्ने दबाब छ। 


कोट्ला मैदान स्पिनर्सका लागि परम्परागत रुपमा सघाउ पुग्ने विकेटका रुपमा लिइन्छ। यसै मैदानमा अनिल कुम्बलेले पाकिस्तानका विरुद्ध टेस्ट क्रिकेटको एकै पारीमा १० विकेट लिएका थिए।

 

यस्तै भारत र न्यूजील्याण्डका बीच गत नोभेम्बरमा यसै मैदानमा अन्तिम टी-२० म्याच भएको थियो। त्यसमा खसेका १० विकेटमध्ये ६ विकेट स्पिनर्सले लिएका थिए। 


स्पिनर्सलार्इ फाइदा पुग्ने यस विकेटमा २०१६ को यू-१९ विश्वकपमा ह्यट्रिक लिएका तथा विश्व क्रिकेट लिग डिभिजन-२ का म्यान अफ द सीरिज सन्दीप लामिछानेलार्इ भने दिल्लीले मौका नै दिएको छैन्। 

दिल्ली डेयरडेभिल्स सन्दीप लामिछाने

विशेष