राजनीति भिडियो कभर स्टोरी

कसलाई भन्ने युवा, कसलाई नभन्ने ? युवाको नयाँ मापदण्ड (भिडियो)

कसलाई भन्ने युवा, कसलाई नभन्ने ? युवाको नयाँ मापदण्ड (भिडियो)

नेपालमा सामान्यतः ४० वर्षसम्मका मानिसलाई युवा भन्ने चलन छ । तर यो अन्तर्राष्ट्रिय मापदण्ड हैन । राजनीतिक क्षेत्रमा ‘युवा नेता’को अवस्था हेर्ने हो भने त ५० नाघेकाहरु पनि ‘युवा नेता’भनी चिनिन चाहन्छन् ।

 

केही युवाहरु भने विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रि ‘फोरम’मा गएर युवा र युवाको दायित्व लगायत विषयमा बहस गर्दैआएका छन् । राज्यले आफैँ पहल गरी युवाहरुलाई राजनीति, अर्थशास्त्र, कानुन, नीति निर्माण लगायतबारे बहस गराउनुपर्नेमा नेपालका केही युवा आफ्नै पहलमा विदेशी युवाहरुसँग बहस र विमर्श गर्न गएका हुन्छन् ।


यस्तैमध्येका एक हुन् प्रकास बञ्जाडे । ‘४० वर्षसम्मको लागि युवा मान्दा वास्तविक युवाहरूको उर्जाशील समय खेर जान्छ,’ प्रकासले भने, ‘युवाहरूको उमेरहद ४० सम्म भनिएको छ । तर यसमा मेरो बिमती पनि छ । यो कुरा हामीले सरकार समक्ष राखिरहेका छौँ ।’

 
पेशाले चिकित्सक प्रकास युनाइटेड नेसन्स युथ एण्ड स्टुडेन्ट एसोसियसन नेपाल ( ग्ल्थ्ब्क्ल्) को अध्यक्ष हुन् ।


मेडिकल क्षेत्रसँगै युवाको क्षेत्रमा काम गर्दैआएका उनी पछिल्लो समय विभिन्न देशका युवासँग बहस र विमर्शमा क्रियाशील छन् । प्रकाससँग नेपालआजका लागि समर्पण श्रीले युवा, युवाका मुद्दा तथा नेपाली युवाको अवस्था लगायत विषयमा बहस गरेका छन् ।

 

यसक्रममा उनले नेपालमा पनि राज्यको नीति निर्माण तहमा युवाको सल्लाह, सुझाव लिनुपर्ने मुद्दा उठाउँदैआएका छन् । समृद्ध मुलुकका उदाहरण हेरिसकेका प्रकास ती देशमा युवालाई जसरी राज्यले परिचालन गरेको छ त्यसको अनुशरण गर्नुपर्ने बताउँछन् ।

 

युवा जनशक्ति देशबाट पलायन भइरहेको अवस्थामा सरकारले भने युवालक्षित कार्यक्रम ल्याउनुपर्ने सुझाव उनको छ ।

 

‘युवाहरू देशबाट पलायन भइरहेका छन् । युवाहरूले आफ्नो देशमा सुरक्षा पाउन सकेका छैनन् । यहाँको विश्वविद्यालयको पढाइबाट नेपालमा रोजगार पाउने अवस्था छैन । यसका लागि नेपालमै अवसर पाउने किसिमको पढाई विश्वविद्यालयमा हुनुपर्ने आवश्यक छ । साथै राज्यले पनि त्यही किसिमको लगानी युवाहरूको क्षेत्रमा गर्नसक्नुपर्छ ।’ प्रकासले भने ।

युवा प्रकास बन्जाडे

विशेष