१३ हजार कर्मचारीमाथि कारबाही

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रबाट आयोगमा प्राप्त आर्थिक बर्ष २०७३-७४ को सम्पत्ति विवरण नबुझाउने कर्मचारीको विवरण समावेश भएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन २०७३, ७४ उपर आयोगको बैठकमा छलफल गरी कारवाही रामेश्वर दंगालले बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति विवरण