News समाज

बिहानी प्रेरक प्रसंग : सिंह र हात्ती

बिहानी प्रेरक प्रसंग : सिंह र हात्ती

एक सिंह जंगलमा साँघुरो ठाउँबाट पाइला चालिरहेको थियो । त्यति नै वेला उनका अगाडि एउटा हात्ती आइपुग्यो । हात्तीलाई देख्नासाथ सिंहले भन्यो, ‘मेरो बाटो खाली गर । तिमी यहाँबाट गइहाल ।’

 

‘म हटूँ ! किन हट्ने,’ हात्तीले भन्यो, ‘म तिमीभन्दा ठूलो छु र मलाई अलि हतार पनि छ । त्यसैले मभन्दा तिमी नै आफ्नो बाटो लाग्नु उचित हुन्छ ।’

 

सिंहले आफू त्यस वनको राजा भएको बतायो । र, भन्यो, ‘म यस वनको राजा भएको नाताले मलाई देख्नासाथ तिमीले बाटो छाडिदिनुपर्ने हो ।’ ऊ अझ रिसायो । हात्तीलाई बाटोबाट हट्ने आदेश नै दियो ।

 

सिंहको कुरा सुनेर हात्तीलाई पनि रिस उठ्यो र उसलाई आफ्नो सुँडले उठायो । उठाएर धेरैपटक जमिनमा लडायो । त्यसपछि एउटा रूखमा ठोक्किने गरी हान्यो र घाइते बनायो ।

 

सिंह एक किनारामा लडेर बसिरह्यो । हात्ती आफ्नो बाटो लाग्यो । त्यत्तिकैमा सिंह बोल्यो, ‘होइन, मैले यति धेरै रिस उठ्ने के चाहिँ गरेको थिएँ ?’

सिंह हात्ती प्रेरक प्रसंग

विशेष