News स्वास्थ्य

स–साना कामले छालाको सुरक्षा

स–साना कामले छालाको सुरक्षा

वातावरण प्रदूषण र धुवाँ–धुलोका बीच छालाको स्याहार चुनौतीपूर्ण छ । छालाको चमक बचाइराख्न मेकअप गरेर मात्र हुँदैन । दैनिक रूपमा स–साना कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ ।

 

हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार सफा गर्न बिर्सनुहुँदैन । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास र क्रिमको छनोट गर्न आवश्यक हुन्छ ।

 

 

जहिले पनि घरबाहिर निस्कँदा सनब्लक क्रिम अनिवार्य प्रयोग गर्नुपर्छ ।

 

मेकअप गरेर दिनभर काममा व्यस्त रहँदा मेकअप बिग्रने, लतपतिने समस्या हुन्छ । जसले सौन्दर्यमा ह्रास आउन सक्छ । किनभने, मेकअपले ठाउँ छोडेपछि छालामा विभिन्न खालका समस्या देखिन सक्छन् । त्यसैले पसिना निस्किँदा कम्प्याक्ट पाउडर र पफको प्रयोग गर्नुपर्छ, जुन ब्यागमै बोकेर हिँड्दा राम्रो हुन्छ ।

 

बेलुकी पनि क्लिन्जिङ र फेसवास गर्न छुटाउनु हुँदैन । दिनभर बाहिर हिँड्दा या काम गर्दा छालाको बाहिरी पत्रमा फोहोर र कीटाणुहरू टाँसिएका हुन्छन् । त्यसैले साँझ ५–७ मिनेट क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि फेसवास गर्दा राम्रो ।

 

घामको सम्पर्कमा आउने वा नछोपिने भागमा क्रिम प्रयोग गर्नुपर्छ । सनस्क्रिमभन्दा माथि मेकअप गर्दा अझ राम्रो हुन्छ ।

 

प्रशस्त पानी पिउनुपर्छ । पानीको कमीले पनि अनुहारमा चाउरी पर्ने, दाग, धब्बा देखिने समस्या हुन्छ ।

छालाको सुरक्षा कीटाणु

विशेष