News विचित्र विश्व

मन, मस्तिष्क र मुटु छुने भावनात्मक १६ तस्बिरहरु

मन, मस्तिष्क र मुटु छुने भावनात्मक १६ तस्बिरहरु

दैनिक जीवनमा मनमा उर्लिने भावनालाई हामी थुप्रै पटक लुकाउने गर्छौं । कतिपटक त यसलाई मनलाई निकै दह्रो बनाउँछौं । ६७ वर्षका व्यक्तिले कलेजबाट ग्रेजुएट गरेको देख्दा कसलाई खुसी लाग्दैन ? प्रोम नाइटको सात हप्ताअघि प्रेमी गुमाउँदा प्रेमिकाको भावनालाई बुझ्न सकिन्छ । फोटो हेरेर तपाईंले घटनाबारे थाहा पाउनसक्नुहुन्छ । र ती तस्बिरले तपाईंलाई भावनात्मक रुपमा गाँसेको हुन्छ ।

ब्राइट साइडले यस्ता १७ फोटो जम्मा गरेको छ, जसल जिउँदो हुँदा महसुस हुने भावनाबारे बयान गर्छ ।

१ सय ४ वर्षीय वैज्ञानिक इच्छामृत्युका लागि स्विटजरल्याण्ड उड्नुपूर्व आफ्ना नातीलाई भेट्दै

मेरी आमाले ४४ वर्षको उमेरमा नर्सिङ स्कूलबाट स्नातक गरिन् । उनले हाई स्कूलबाट ग्रेजुएट हुँदा खिचाएको तस्बिर अगाडि फोटोका लागि पोज दिइन् । आफूलाई सुधार्न कहिले पनि ढिला नहुने उनको भनाई छ ।

मेरो छोरो १ महिनाको हुँदा आफ्नी ९७ वर्षे जिजुमुवासँगै

‘म ६५ वर्षको भएँ र कलेजबाट भर्खरै ग्रेजुएट भए । केही सिक्नका लागि तपाईंको उमेरले केही फरक पार्दैन ।’

‘आज एउटा थकित माहुरी मेरो ज्याकेटमा आएर ठोक्कियो । मैले त्यसलाई मेरो डुनोटको जाम दिएँ, मज्जाले चाट्यो । केही उर्जा प्राप्त गरेपछि त्यो पुनः उड्न सफल भयो ।’

‘चार वर्ष अघि मेरी श्रीमतीलाई हृदयघात भयो । त्यो घटनापछिको यो उनको पहिलो पेन्टिङ हो । यसमा म निकै गौरवान्वित छु । ’

‘१५ वर्षको पूर्णकालीन कामपश्चात्  आज कलेजबाट ग्रेजुएट भएको छु । विवाह गरें, दुई छोरी जन्मिए, घर बनाएँ । परिवारसँग ग्रेजुएशन फोटो खिच्ने कसरतमा ।’

‘मेरा प्रेमीले तीन महिना अघि मद्यपान छोडे, आफूलाई व्यस्त राख्नका लागि उनले काठमा कलाको हात बढाए । यो उनको पछिल्लो कला हो । ’

‘त्यो क्षण जब मेरी छोरीले पहिलो पटक समुन्द्र देखिन् ।’

‘मेरो उद्देश्य सय वर्ष पुग्नुअघि ग्रेजुएट हुनु थियो । ३३ वर्ष अघि नै यसमा सफल भएँ ।’

 

‘६३ वर्षपछि पनि मेरी हजुरआमा उनको विवाहको गाउनमा फिट हुन्छिन् । ’

‘मेरो प्रेमीको प्रोम नाइटको सात हप्ताअघि मृत्यु भयो । हाम्रो पहिलो र अन्तिम डान्स ।’

‘हजुरआमालाई उहाँको नयाँ केयर होममा पुर्याएँ, त्यहाँ उनले आफ्नै नाम भएकी अर्की महिला भेटिन् । टिभी हेर्ने पूरा समयमा यी दुईले एकअर्काको हात समातिरहे ।’

‘कुनै कुरा कहिले पनि परिवर्तन हुँदैनन् ।’

‘एक महिलाले पेट्रोल पम्पमा मेरो बुवालाई रोकेर उनको पेन्टिङ बनाउने अनुमती मागिन् । उनले बुवाको फोटो खिचिन् र ठेगाना पनि टिपिन् । त्यसको चार दिनपछि उनले बुवाको घरमा यो तस्बिर पठाइन् ।’

थुप्रै वर्षसम्म यी व्यक्तिले आमाको तस्बिरसहित रसियाको भिक्ट्रि डेमा परेडलाई यसरी स्वागत गर्दथे । उनी यसवर्ष देखिएनन् किनभने उनको सन् २०१८ को जाडो महिनामा ९७ वर्षको उमेरमा मृत्यु भयो ।

तस्बिर भावनात्मक

विशेष