News देश

एक औंलाका सहयात्री जसले आठौं पटक सगरमाथा आरोहण गरे तर फर्केनन्

एक औंलाका सहयात्री जसले आठौं पटक सगरमाथा आरोहण गरे तर फर्केनन्

सगरमाथा आरोहणको आठौं कोसिसको क्रममा जापानका चर्चित पर्वतारोहीको मृत्यु भएको छ ।

 

अधिकारीका अनुसार ३५ वर्षीय नोबुकाजु कुरिकी अत्यधिक चिसोका कारण बिरामी भएका थिए र उनको आफ्नो समूहसँग सम्पर्क टुटेको थियो ।

 

‘कुरिकीले रेडियो कम्युनिकेशनलाई प्रतिक्रिया दिन छोडे र राती तलबाट माथि हेर्दा उनको हेडल्याम्प पनि देखेनौं,’ उनको समूहले सोमबार फेसबुकमा जानकारी दिए ।

 

‘क्याम्प टु नजिकैको उनको समूहले उनको खोजी गर्दा उनलाई मृत अवस्थामा पाएको थियो ।’

 

आइतबार कुरिकीले ७ हजार चारसय मिटर पार गरिसकेको जानकारीमा उल्लेख छ ।

 

‘मैले यो पर्वत चढ्दाको पीडा र समस्या भोगिसकेको छु । म यसको कदर गर्छु त्यसकारण यो चढ्दैछु,’ कुरिकीले फेसबुकमा लेखेका थिए ।

 

सन् २०१२ मा उनको चौथो आरोहणमा कुरिकीले आफ्ना ९ औंला गुमाएका थिए ।

 

त्यसको तीन वर्षपछि सन् २०१५ को सेप्टेम्बरमा आए, खराब मौसमका कारण उनले सगरमाथा आरोहणको आफ्नो उद्देश्य पूरा गर्न सकेनन् । सन् २०१६ र २०१७ मा उनले  पुनः प्रयास गरे तर खराब परिस्थितीका कारण उनी सगरमाथा यात्रामा निस्कन पाएनन् ।

 

उनको आरोहणको आयोजना गर्ने बोची बोची ट्राभल्सका मान बहादुर गुरुङले उनको शवलाई काठमाडौं ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

सगरमाथा आरोहण पर्वतारोही नोबुकाजु कुरिकी

विशेष