News अपराध सुरक्षा

दरबारमार्गस्थित क्यासिनो रोयलमा प्रहरीकाे छापा , २ नेपाली पक्राउ

दरबारमार्गस्थित क्यासिनो रोयलमा प्रहरीकाे छापा , २ नेपाली पक्राउ

काठमाडौं । दरबारमार्गस्थित याक एण्ड यती होटलमा रहेको क्यासिनो रोयलमा प्रहरीले छापा हानको छ । क्यासिनो रोयलमा जुवा खेलिरहेका २ जना नेपाली पक्राउ परेका हुन् । ६६ वर्षिय सोते लामा र ४५ वर्षिय बिश्व श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

 

महानगरीय अपराध महाशाखाले सोमबार बेलुका सो क्यासिनोमा छापा हानेको थियाे । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भएपनि केहीले गोप्य रुपमा नेपालीहरुलाई प्रवेश गराउदै आएका छन्। 

 

पक्राउ परेका उपर जुवा ऐनअनुसार कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले बताए। काठमाडौंका सबैजसो क्यासिनोमा गोप्य रुपमा नेपालीहरुलाई अवैध रुपमा प्रवेश गराएर जुवा खेलाइने गरिएको छ। माजोङ क्यासिनोबाट पटक पटक नेपालीहरु पक्राउ पर्दै आएका छन्। 

 

क्यासिनोमा नेपालीलाई जुवा खेलाए क्यासिनोकै इजाजत रद्द हुने प्रावधान छ। पर्यटकलाई जुवा खेलाउन मात्र नेपालमा क्यासिनोलाई अनुमती छ। 
 

क्यासिनो रोयल प्रहरीकाे छापा नेपाली पक्राउ

विशेष