News

प्रचण्डले बनाइदिए दुई छोरीहरुका लागि घर 

प्रचण्डले बनाइदिए दुई छोरीहरुका लागि घर 

काठमाडौं । देशको सबैभन्दा धनी नेताका रुपमासमेत चिनिएका कम्युनिष्ट नेता प्रचण्डले आफ्ना दुई छोरीहरु रेणु र गंगालाई आफ्नै वरिपरि घर बनाइदिएका छन् । लाजिम्पाटको निवास नफापेपछि छोरा प्रकाशको निम्ति कुनै शारदा अधिकारी नामक ठेकेदारको नाममा बनाइएको खुमलटारस्थिति घरमा बसोबास गर्न पुगेका प्रचण्डले आफना दुवै छोरीलाई आफ्नै निवासको नजिकै दुईवटा घर बनाइदिएर गृहप्रवेश गराएका छन् । 

 

निकै हतार हतार निर्माण गरिएका ती घरहरुको इन्टेरियरको काम हुन बाँकी छँदै गत वैशाख सनातनी हिन्दु संस्कार पूरा गर्दै गृहप्रवेश गराइएको हो । उक्त दिन गृहप्रवेश गराइँदा विजयादशमी या अर्को कुनै राम्रो साइन पर्खनुपर्ने भएकोले त्यसरी वैशाख २९ गते नै गृहप्रवेश गर्नुपरेको पूजामा संलग्न पुरोहितले बताएका छन् । 

तस्वीर सांकेतिक  

घटना र विचारसाप्ताहिकबाट 
 

विशेष