News समाज

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । 

 

गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् । 

 

कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

कुटपिट बोक्सी आरोप

विशेष