बोतल र जारका पानीमा जीवाणु

काठमाडाैं । शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ ।
यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो ।
केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञोनेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिए ।, आजको गोरखापत्रमा यो खबर छ ।
शुद्ध पिउने पानी बोतल जार