फेसबुकका संचालक जुकरबर्गले जवाफ नदिएपछि युराेपेली सांसदहरू असन्तुष्ट
काठमाडाैं । विश्वभर लाेकप्रिय सामाजिक संजाल फेसबुकका संचालक मार्क जुकरबर्गले क्याम्ब्रिज एनालिटिका प्रकरण र फेक न्यूजबारे यूरोपेली सांसदहरुसँग जवाफ दिएका छन् । त्यस क्रममा उनले माफी त मागे तर सांसदहरूले साेधेका प्रश्नकाे जवाफ फर्काएनन् ।
क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएपछि जुकरबर्ग युराेपेली सांसदहरूसमक्ष उपस्थित भएका हुन् ।
युरोपेली सांसदका प्रश्नको जवाफ दिने क्रममा जुकरबर्गले फेसबुकका टुल्सलाई हानी पुर्याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए । तर उनी जवाफ दिन तयार भएनन् । जुकरबर्गकाे यस्ताे भनाइबाट सांसदहरूले पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
केही सांसदहरुको जिज्ञासाको त उनले जवाफ नै नफर्काएकाे बताइएकाे छ । जुकरबर्गले अाफूखुसी जवाफ दिएकाे भन्दै असन्तुष्टि व्यक्त गरेकाे विभिन्न मिडियाले उल्लेख गरेका छन् ।
अमेरिकी सांसदहरूकाे भन्दा फरक शैलीमा उनलार्इ प्रश्न साेधिएकाे थियाे । तर उनले सबै प्रश्नकाे जवाफ एकमुष्ट दिएका थिए । साेही क्रममा जवाफ नदिएकाे भन्दै असन्तुष्टि व्यक्त भएकाे हाे ।
मार्क जुकरबर्ग फेसबुक