इन्टरपोल कुवेतको सहयोगमा मानव बेचबिखनका अाराेपी लामा पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारका मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेका सिन्धुपाल्चोक ठूलोपाखा- ५ का श्यामकुमार लामालाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको छ।
उनलाई नेपाल प्रहरीले २०७४ चैत १५ गते रेडकर्नर नोटिस जारी गरेको थियो। अन्तर्राष्ट्रिय रूपमा खोजिएका लामालाई बिहीबार इन्टरपोल कुवेतको सहयोगमा पक्राउ गरिएको हो। लामालाई बिहीबारै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।