'गुणस्तरीय शिक्षा दिने नाममा टाई झुन्ड्याइदिएपछि जति पनि शुल्क लिन पाइन्छ भन्ने हुँदैन'
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले विद्यालयको पढाइको गुणस्तरका आधारमा बजेट व्यवस्था गर्ने बताएका छन् । उनले शिक्षा क्षेत्रमा हुने सबै राजनीतीकरण अन्त्य गर्ने भन्दै सामुदायिक विद्यालयका शिक्षकले विद्यालय समयमा राजनीति छाडेर अनिवार्य कक्षामा पुग्नैपर्ने व्यवस्था गरिने पनि बताए ।
‘गुणस्तरीय शिक्षा दिएकै हुनुपर्छ । मेरो त संगठनको मिटिङ छ भनेर कक्षा छाड्न पाइँदैन,’ उनले कान्तिपुरसँगको विशेष कुराकानीमा बुधबार भने, ‘विद्यालयको समय अघिपछि शिक्षकले घरमा टमाटर फलाउँछ भने केही फरक पर्दैन ।’
अब विद्यालयदेखि विश्वविद्यालयसम्मै राजनीतीकरण समाप्त हुने पनि उनले बताए । ‘अब जनकरण, विकासकरण र अग्रमुखीकरण मात्रै हुन्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले शिक्षामा सुधार गर्न आधारभूत कुरा बजेट भएकाले आवश्यक पर्ने रकम छुट्याइने जानकारी दिए । कान्तिपुर दैनिकबाट
केपी ओली बजेट व्यवस्था शिक्षा क्षेत्र