News विदेश

ट्रम्पले गरे उत्तर कोरियाली नेता उनसँगको वार्ता रद्द

ट्रम्पले गरे उत्तर कोरियाली नेता उनसँगको वार्ता रद्द

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता रद्द गरेका छन् । किम र ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तयारी थियो ।

 

ट्रम्पले किमलाई एक पत्र लेख्दै पछिल्लो दिनमा विकसित परिस्थितिमा वार्तामा बस्नु उपयुक्त नभएको भन्दै वार्ता स्थगित गर्ने जानकारी दिएका छन् । तर, उनले कुनै दिन उनीसँग भेट हुनेमा आफू विश्वस्त भएको बताएका छन् ।

 

सिंगापुरमा वार्ताको तयारी चलिरहँदा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरिया आक्रोशित भएको थियो । सोही कारण देखाउँदै उसले दक्षिणसँगको उच्चस्तरीय वार्ता भंग गरेको थियो ।

 

अमेरिकाले कोरियाली प्रायद्वीपमा शान्ति भड्काउन खोजेको भन्दै उत्तरले चर्को आलोचना गरेसँगै ट्रम्पले वार्ता स्थगित गर्ने घोषणा गरेका हुन् ।

डोनाल्ड ट्रम्प किम जोङ उन वार्ता रद्द

विशेष