सरकारी अधिकृतकै सर्टिफिकेट नक्कली भेटिएपछि...

काठमाडौं । लोकसेवा आयोगको परीक्षा पास गरेर नेपाल सरकारको शाखा अधिकृत पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली भएको फेला परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएकी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रदेश नम्बर २ को प्रदेशसभा (संसद) सचिवालयमा कार्यरत शाखा अधिकृत पवित्रा श्रेष्ठविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
श्रेष्ठले भारत विहारको संस्कृत शिक्षा बोर्डबाट माध्यमिक तह उत्तिर्ण गरेको प्रमाण पत्र पेश गरेर सरकारी जागिर खाएकी थिइन् । उक्त प्रमाण पत्र नक्कली भएको आयोगको भनाइ छ ।