News अपराध सुरक्षा

कालो हीरासहित ८ पक्राउ

कालो हीरासहित ८ पक्राउ

नेपालमा कालो हीराको समेत अवैध कारोबार हुने गरेको खुलेको छ । प्रहरीले कालो हीरासहित अवैध करोबारमा संलग्न आठ अभियुक्तलाई पक्राउ गरेपछि तथ्य खुलेको हो ।


लैनचौरका रमेश रजकसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो लैनचौरस्थित एक कफी सपबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट ३०.२४ क्यारेटका दुईवटा कालो हीरा बरामद गरेको छ । प्रहरीका अनुसार उक्त हीरा उनीहरूले तीन करोड रुपैयाँमा बेच्न मोलमोलाइ गरिरहेका थिए ।


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार पक्राउ पर्नेमा रजकसहित गोरखा नपा–८ का ४० वर्षीय अजित अधिकारी, धादिङ त्रिपुरा–४ का २६ वर्षीय उत्तम सिटौला, नुवाकोट शिवपुरी–४ का २३ वर्षीय विवेक श्रेष्ठ, तारकेश्वर–१ का रमेश मगराती, गोरखा सुलिकोट–७ का ३३ वर्षीय मुक्तिप्रसाद धिताल, नुवाकोट चतुराले–६ का २६ वर्षीय सागर गोतामे, नुवाकोट विदुर–७ का २४ वर्षीय राज विक छन् । 


डिएसपी थापाले भने, ‘कालो हीराको कारोबारमा संलग्न भएको अभियोगमा आठजना पक्राउ परेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय पठाइएको छ । बाँकी अनुसन्धान उतैबाट होला ।’ वृत्त प्रमुख डिएसपी दानबहादुर मल्लले भने, ‘बरामद हीराको मूल्य १० करोड रुपैयाँ परे पनि उनीहरू तीन करोड रुपैयाँमा बेच्न बार्गेनिङ गरिरहेका थिए ।’नयाँ पत्रिकाबाट 

अभियुक्त पक्राउ कालो हीरा अवैध कारोबार

विशेष