News देश प्रदेश ३

कलंकी-महाराजगन्ज सडक पनि चीनले विस्तार गर्दै

कलंकी-महाराजगन्ज सडक पनि चीनले विस्तार गर्दै

काठमाडौं । चीन सरकारले चक्रपथको कलंकी-महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ ।

 

अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ । 

 

कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ ।

 

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

 

सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१/३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको छ । कान्तिपुर दैनिकबाट । 

चीन सरकार कलंकी-महाराजगन्ज सडक

विशेष