News विदेश

आफ्ना नेता र ट्रम्पबीचको भेटका लागि 'युक्रेनद्वारा भुक्तानी'

आफ्ना नेता र ट्रम्पबीचको भेटका लागि 'युक्रेनद्वारा भुक्तानी'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन गोप्य रुपमा चार लाख डलर लिएको बीबीसीले पत्ता लगाएको छ।

 

गएको जुनमा ह्वाइट हाउसमा भएको उक्त भेटवार्ता मिलाउने काममा संलग्न किएभस्थित निकटस्थहरूले यस्तो खुलासा गरेका हुन्।

 

युक्रेनी नेता पेट्रो पोरोसेन्कोको मध्यस्तकर्ताहरूको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेका थिए।

 

तर अमेरिकी कानूनले आवश्यक ठानेको युक्रेनी सरकारको प्रतिनिधिको भूमिकामा त्यस्तो गतिविधि हुँदा कोहेन थिएनन्।


अस्वीकार

कोहेनले आफूमाथिका आरोप अस्वीकार गरेका छन्।

 

राष्ट्रपति पेरोसेन्कोको कार्यालयले त्यो आरोपलाई "सफा झूठ" भन्दै दुई देशबीचको सम्बन्ध विगार्ने उद्देश्य अन्तर्गत उक्त आरोप लगाइएको जनाएको छ।

 

राष्ट्रपति ट्रम्प र पोरोसेन्कोबीच ह्वाइट हाउसमा जुनमा भेटवार्ता भएको थियो।

 

युक्रेनी राष्ट्रपति घर फर्किए लगत्तै उनको देशको भ्रष्ट्राचार विरोधी निकायले ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्ट विरूद्धको अनुसन्धान बन्द गरेको थियो।

 

पोरोसेन्को प्रशासनका एक उच्च गुप्तचर अधिकारीले ह्वाइट हाउस भ्रमण अघि भएका गतिविधिबारे जानकारी दिएका हुन्।


खुलासा

उनले कोहेनलाई पनि समावेश गरिएको उल्लेख गर्दै युक्रेनका दर्तावाल वकालतकर्ता र वासिङटनस्थित दूतावासले पोरोसेन्को र ट्रम्पबीच एउटा संक्षिप्त तस्वीर खिचाउने खालको मात्र नभई त्यो भन्दा बढी देखिने खालको भेटवार्ता सुनिश्चित गर्न खोजेको जानकारी दिए। उनका अनुसार पोरोसेन्को वार्ता भनेर व्याख्या गर्न मिल्ने किसिमको भेट चाहान्थे।

अमेरिकातस्वीर कपीराइटREUTERS

ट्रम्पका निजी वकिललाई उक्त रकम तिरेको किएभस्थित जानकारहरूको भनाइ छ।

 

वरिष्ठ अधिकारीको भनाइमा पोरोसेन्कोले ट्रम्पलाई भेट्न पछाडिको सम्पर्क सुत्र स्थापना गर्न चाहे र एक जना पूर्व सहयोगीलाई जिम्मा दिए। ती पूर्व सहयोगीले एक जना युक्रेनी संसदबाट मद्दत खोजेका थिए।


‘ट्रम्प नैतिक रूपमा अयोग्य’

तीनले न्यूयोर्कमा अवस्थित छबाद अफ पोर्ट वासिङटन नामक एउटा यहुदी परोपकारी संस्थामा रहेका आफ्ना व्यक्तिगत सम्पर्क सुत्रलाई प्रयोग गरे। उक्त परोपरकारी संस्थाले आफ्ना अधिकारीहरू संलग्न नभएको स्पष्ट रुपमा उल्लेख गर्न बीबीसीलाई भनेको छ।

 

यसले अन्तत: राष्ट्रपतिका वकिल र नजिकका सम्पर्क सुत्र कोहेनसम्म पुर्‍यायो। कोहेनलाई चार लाख डलर तिरियो।

 

ट्रम्प त्यसबारे जानकार रहेको कुनै संकेत मिलेको छैन्। किएभस्थित अर्को स्रोत पनि त्यही विवरण दिएको छ तर उसले कोहनलाई कूल ६ लाख अमेरिकी डलर तिरिएको बताएको छ।

डोनल्ड ट्रम्प

विशेष