News देश

निमाजाङ्मु चढिन् एकै महिनामा तीन शिखर

निमाजाङ्मु चढिन् एकै महिनामा तीन शिखर

काठमाडौं । एकै महिनामा तीन हिमाल आरोहण गर्दै निमाजाङ्मु शेर्पाले साहसिक विश्व कीर्तिमान कायम गरेकी छन्। ६५ वर्षको आरोहण इतिहासमा एक महिनाभित्रै सगरमाथा, ल्होत्से र कञ्चनजंघाको सफल आरोहण गरेर निमाले पहिलो साहसिक आरोहीको कीर्तिमान बनाएकी हुन्।

 

२७ वर्षीया निमा दोलखाको रोल्वालिङ बेविङकी हुन्। निमाले वैशाख १६ गते ल्होत्से ९८ हजार ५ सय १६ मिटर०, वैशाख ३१ गते सगरमाथा ९८ हजार ८ सय ४८ मिटर० र जेठ ९ गते कञ्चनजंघा ९८ हजार ५ सय ८६ मिटर० हिमालको सफल आरोहण गरेकी हुन्। कठिन र निकै जोखिम आरोहण मानिने कञ्चनजंघा हिमालको बुधबार बिहान ६ः२० बजे चुचुरो चुमेपछि निमाले विश्व कीर्तिमान कायम गरेको माउन्ट एभरेस्ट समिट क्लब रोल्वालिङका अध्यक्ष पासाङ तेन्जिङ शेर्पाले जानकारी दिए।

 

निमाले सहजै एक महिनाको छोटो समयमै तीन अग्ला हिमाल आरोहण गरेर साहसिक र शक्तिशाली आरोहीमा नाम राखेको शेर्पाले बताए। निमाले बाल्यकालदेखि नै भरिया भएर रोल्वालिङबाट खुम्बु प्रवेश गर्ने पाँच हजार पाँच सय मिटरको टासीलाप्चालाई कार्य क्षेत्र बनाउँदै आएकी थिइन्।

 

आरोहणमा निकै कठिन मानिने कञ्चनजंघामा यसै वर्ष मात्र ४४ जनाले आरोहण अनुमति लिए पनि आधा बढी बीचैबाट फर्केका थिए। अन्नपूर्णपाेष्ट दैनिकबाट ।

हिमाल आरोहण विश्व कीर्तिमान निमाजाङ्मु शेर्पा

विशेष