News विदेश

उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काउन थाल्याे

उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काउन थाल्याे

काठमाडौं। उत्तर कोरियाले आफ्नो आणविक परीक्षणस्थल भत्काउने प्रक्रियातर्फ एक कदम बढाएको छ । यसको रिपोर्टिङका लागि उसले विदेशी पत्रकारहरूलाई स्वागत गरेको छ । 

 

उत्तर कोरियाको यो कदम अमेरिका र उसका बीच प्रस्तावित शिखर वार्ताअघिको निकै महत्त्वपूर्ण मानिएको छ । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरसँग वार्ता  नै नहुनसक्ने पनि बताएका छन् । 

 

उत्तरले मे महिनाको शुरुआतमा अचानक पूर्वोत्तर क्षेत्रमा रहेको पुंग्ये–री आणविक परीक्षणस्थललाई पूरै भत्काउने योजना बनाएको सार्वजनिक गरेको थियो । उसले त्यहीँबाट ६ आणविक परीक्षण गरेको थियो । 

 

अघिल्लो वर्षको सेप्टेम्बरमा गरिएको शक्तिशाली हाइड्रोजन बम परीक्षण पनि त्यहीँ गरिएको हो । आणविक परीक्षणस्थल भत्काउने प्रक्रिया मौसम अनुकूल भएपछि गरिने उत्तरको भनाइ छ । 

 

किम जोङ–उन र ट्रम्पबीच हुने शिखर वार्ताअघि यो ठाउँ भत्काइसक्ने उसको दाबी छ । तर यो वार्ता नै नहुने देखिएको छ । ट्रम्पले एकपक्षीय रूपमा आणविक निःशस्त्रीकरणको दबाब दिएकाले उत्तर कोरिया आफैंले वार्ताबाट पछि हट्ने धम्की दिएको थियो ।

 

विशेषज्ञहरू पुंग्ये–री परीक्षणस्थललाई नष्ट गरेपछि त्यसको उपयोगिता रहे नरहेको विषयमा बाँडिएका छन् । यसबारेमा सन्देह गर्ने विशेषज्ञहरूले यो ठाउँले ६ सफल आणविक परीक्षणका साथै आफ्नो उपयोगिताभन्दा बढी सकय टिकिसकेको छ र आवश्यकता पर्दा यसलाई तत्कालै उपयोगी पनि बनाउन सकिन्छ ।  एजेन्सी

उत्तर कोरिया आणविक परीक्षणस्थल भत्काउन

विशेष