कर्नाटकका मुख्यमन्त्री कुमारस्वामीले पाए विश्वासको मत : बीजेपीले बधाई सँगै दियाे बन्दको धम्की
कर्नाटक । भारतको कर्नाटक राज्यको विधानसभामा मुख्यमन्त्री एचडी कुमारस्वामीले विश्वासको मत प्राप्त गरेका छन् । विधानसभामा उपस्थित ११७ विधायकले कुमारस्वामीको पक्षमा मतदान गरेका छन् ।
तर भारतीय जनता पार्टी(बीजेपी) का सांसदहरुले भने सदन बहिष्कार गरेका छन् । कर्नाटक विधानसभाबाट बाहिरिएपछि बीजेपी नेता बीएस येदियुरप्पाले मुख्यमन्त्री कुमारस्वामीले किसानहरुको ऋण मिनाहा नगरे मे २८ मा कर्नाटक बन्द गर्ने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री कुमारस्वामीले सदनमा सम्बोधन गर्दै जनादेश बीजेपीका लागि नभएको बताएका थिए । विधानसभामा विश्वासको मत लिनुभन्दा पहिले कांग्रेसका रमेश कुमार विधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
बीजेपी नेता तथा कर्नाटकका पूर्व मुख्यमन्त्री येदियुरप्पाले कुमारलाई हात मिलाएर बधाई दिएका थिए । मे १९ मा येदियुरप्पाले विश्वासको मत प्राप्त गर्नुभन्दा पहिले नै राजीनामा दिएका थिए ।
त्यसपछि कांग्रेस–जनता दल सेक्युलरको गठबन्धनबाट एचडी कुमारस्वाममी मुख्यमन्त्री बनेका थिए । कुमारस्वामीले मे २३ मा मुख्यमन्त्रीको सपथ लिएका थिए । कांग्रेसका प्रदेश अध्यक्ष जी परमेश्वर उपमुख्यमन्त्री बनेका छन् ।
कर्नाटक राज्य एचडी कुमारस्वामी