News मुख्य समाचार प्रदेश १

सरकारी विद्यालयमा छाेराछाेरी नपढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने

सरकारी विद्यालयमा छाेराछाेरी नपढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा आफ्ना छोराछोरीलाई सरकारी विद्यालय नपढाउने कर्मचारी तथा जनप्रतिनिधिको तलब कटौती हुने भएको छ । 

 

कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना नगरे तलब भत्ताको तीन प्रतिशत रकम कटौती गर्ने गाउँपालिकाले निर्णय गरेको हो । 

 

गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवा सुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी, शिक्षकहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेे जनाएको छ । 

 

कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिने अध्यक्ष जितबहादुर राईले बताउनुभयो । उहाँका अनुसार शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ । 

 

सरकारी स्कुल पढाउने शिक्षकले सरकारी रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कामबाट निजी विद्यालयलाई बढी विश्वास गरिएको देखिएकाले यो नियम लागू गरिएको राईको भनाई छ । 

इलाम तलब काटिने माईजोगमाई गाउँपालिका कर्मचारी र जनप्रतिनिधि

विशेष