१७ वर्षमा बल्ल प्रसारण लाइन पुग्याे अाेखलढुंगा
ओखलढुंगा । खोटाङको बुइपा हुँदै ओखलढुंगा सदरमुकाम जोड्ने ३३ केभी विद्युत् प्रसारण लाइन १७ वर्षपछि सम्पन्न भएको छ। विवाद र आयोजनाको ढिलासुस्तीका कारण २०५७ सालमा सुरु भएको आयोजना सम्पन्न हुन १७ वर्ष लागेको हो।
आयोजना सम्पन्न भएपछि अहिले ओखलढुंगाको मोलुंग खोलाबाट उत्पादित विद्युत् केन्द्रीय आयोजनामा जोडिएको छ भने सदरमुकाम र आसपासमा विद्युत् विस्तार सुरु भएको छ।
२४ करोड लागतमा आयोजन सम्पन्न गरिएको प्रमुख चन्दवीर खड्काले जानकारी दिए। उनले विभिन्न स्थानमा आएका अवरोध र पहिले थालेर अलपत्र छोडिएको पूरा गर्नुपर्ने आयोजना भएकाले काम सम्पन्न गर्न समय लागेको बताए। ‘हामीले काम त गत पुसमै सम्पन्न गरेका हौं, अहिले विद्युत् प्रसारण सुरु भएको छ’, खड्काले भने। अन्नपूर्णपाेष्ट दैनिकबाट ।
खोटाङ ओखलढुंगा विद्युत् प्रसारण लाइन आयोजना