News पर्यटन

हिमाल आरोहीलार्इ अक्सिजनमै धोका

हिमाल आरोहीलार्इ अक्सिजनमै धोका

काठमाडौं  । न्यूनतम आवश्यकता र सय प्रतिशत ग्यारेन्टी मानिने अक्सिजनले धोखा दिएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नजिकैबाट १९ आरोही आधारशिविरमा ओर्लिएका छन्। ज्यान जोखिममा परेपछि उनीहरू ८ हजार ६ सय मिटरबाट आधारशिविरमा ओर्लिएका हुन्।

 

केही आरोहीले अरूले लगेको अक्सिजन प्रयोग गरी ज्यान बचाएको बताए। ज्यान जोखिममा परेर फर्किनेमा दशजना अमेरिकी आरोही र ९ जना शेर्पा गाइड छन्। जेठ ६ गते चुचुरो नजिकै पुगेर फर्केका उनीहरू अहिले आधारशिविरमा सुरक्षित छन्।

 

हिमाल आरोहणमा प्रयोग गर्न निर्माण गरिएको बेलायती ‘समिट कम्पनी’को अक्सिजनले धोका दिएको जोखिममा परेका आरोहीको भनाइ छ। ‘समिट कम्पनीको अक्सिजनले धोका दियो, मसहित १९ जना ज्यान बचाउन आधारशिविर फर्किएका हौं’, आरोही पानु शेर्पाले आधारशिविरबाट इमेलमार्फत् अन्नपूर्णलाई जानकारी गराए। तिब्बतको बाटो हुँदै चुचुरो पुग्ने लक्ष्य लिएर पुगेका अमेरिकी आरोही र नौजना शेर्पा गाइडलाई आठ हजार ६ सय मिटरमा पुग्दा एक्कासी अक्सिजनले धोका दिएको थियो।

 

आरोहणका क्रममा ८ हजार ६ सय मिटरमा पुर्‍याइएको समिट नामको अक्सिजनको ३९ बोटलमध्ये १० वटामा रेगुलेटरमा समस्या उत्पन्न भएको थियो।

 

हिमाल आरोहणमा अक्सिजनलाई न्यूनतम आवश्यकता र सय प्रतिशत ग्यारेन्टी मानिन्छ। अक्सिजनको गडबडीका कारण एक्स्ट्रिम क्लाइम्बर ट्रेकस एन्ड एक्स्पिडिसनका आरोही र नौजना शेर्पा गाइड आरोहण त्यागेर फर्केका हुन्। याे खबर अाजकाे अन्नपूर्णपाेष्ट दैनिकमा छ ।  याे खबर अाजकाे अन्नपूर्णपाेष्ट दैनिकबाट ।

अक्सिजन आधारशिविर न्यूनतम आवश्यकता सर्वोच्च शिखर सगरमाथा

विशेष