News मनोरञ्जन

ऋषि कपुरसँग काम गर्ने आलियाको इच्छा

ऋषि कपुरसँग काम गर्ने आलियाको इच्छा

बलिउड अभिनेत्री आलिया भट्टले अनुभवी र दिग्गज कलाकार ऋषि कपुरसँग एकपटक फेरि काम गर्ने चाहना व्यक्त गरेकी छिन् । आलियाले यसअघि ऋषि कपुरका साथ ‘स्टुडेन्ट अफ इयर’ र ‘कपुर एन्ड डान्स’मा सँगै काम गरिसकेकी थिइन् ।


ऋषि कपुरले पनि आलियाले फेरि आफूसँग काम गर्ने इच्छा राखेकोमा ट्विटरमार्फत् धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘अधिकांश भट्ट परिवारको साथमा काम गरिसकेको छु ।


महेश भट्ट, मुकेश भट्ट, रोबिन भट्ट, पूर्णिमाजी, सोनी भट्ट, पूजा भट्ट, इमरान हासमी, आलिया भट्ट । तपाईंहरू सबैलाई धन्यवाद !’ ऋषि कपुरको यो ट्विटमा आलियाले जवाफ फर्काएकी छिन्, ‘फेरि एकपटक काम गर्ने चाहना छ, सर !’


आलिया भट्ट अचेल ऋषिका छोरा रणवीर कपुरसँग डेट गरिरहेकी छिन् । यी दुई केही स्थानमा सँगै देखिएका थिए । जसको तस्बिर फोटोग्राफरहरूले खिचेका थिए ।

 

आलिया र रणवीर कपुर अचेल फिल्म ‘ब्रह्मास्त्र’को सुटिङमा छन् । यस फिल्ममा यी दुईका साथ अमिताभ बच्चन पनि प्रमुख भूमिकामा छन् ।

आलिया भट्ट ऋषि कपुर

विशेष