राष्ट्रपतिलार्इ 'महारानी' भनिएकाेमा सुवासचन्द्र नेम्वाङको अापत्ति
काठमाडाैं । सात्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई 'महारानी' भनेर सम्बोधन गरिएको शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वसभामुखसमेत रहेका नेम्वाङले उक्त शब्द संसदीय मर्यादाविपरीत रहेको भन्दै हटाउन माग गरेका हुन्।
बिहीबारको छलफलमा संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रपतिलाई महारानी बनाउने प्रयास भएको बताएका थिए । साे अभिव्यक्ति संसदकाे रेकर्डबाट तत्काल हटाउन नेम्वाङले माग गरे ।
सरकारले नीति तथा कार्यक्रम वाम गठबन्धनले जनतासामु गरेको बाचा अनुसार नै ल्याइएको उनले बताए । नीति तथा कार्यक्रम पहिलेभन्दा फरक र जनअनुमोदित भएको नेम्वाङकाे दाबी थियाे ।
हिजो जनताका बीचमा देखेको सपनालाई नीति कार्यक्रममार्फत सदनमा प्रवेश गरेको नेम्वाङको भनाइ छ । सरकारले नीति तथा कार्यक्रम बोक्ने बजेट ल्याउनुपर्ने उनले बताए ।