रोकियो रोजगारीका लागि मलेसिया जाने प्रक्रिया, पूर्व स्वीकृति दिन पनि बन्द
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नयाँ व्यवस्थाका लागि कूटनीतिक पहल निस्कर्षमा नपुग्दा प्रक्रिया रोकिएको छ । सरकारले स्वास्थ्य परीक्षण, भिसा लगायत विभिन्न बहानामा मलेसिया जाने कामदार गठिएको भन्दै ती संस्थामाथि कारबाही थालेपछि पूरानाे प्रक्रिया बन्द भएको हो ।
सरकारले निर्णय गरेपछि ती संस्थाले काम बन्द गरेका थिए । सरकारले ती संस्थाका ३४ जना सञ्चालक पक्रेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।सरकारले निर्णय गरे पनि मलेसियाले त्यसलाई मान्यता दिएकाे भने छैन ।
यसबारे कूटनीतिक पहल भैरहेको श्रम मन्त्रालयले जनाएको छ । मलेसिाय जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ३९ वटा मात्रै स्वास्थ्य संस्थाले मलेसियामा सेटिङ्ग मिलाएका थिए ।
तर सरकारले त्यसलाई तोडेपछि स्वास्थ्य परीक्षण रोकिएकाे छ । याेसँगै मलेसियाका लागि पूर्व स्वीकृति दिन पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले.जनाएको छ ।
अहिले पूर्व स्वीकृति दिँदा कुन प्रक्रियाबाट दिने भनेर अन्यौल भएकाले रोकिएको विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए । मलेसिया दूतावासले ३९ वटा स्वास्थ्य परीक्षण गरेका संस्थामार्फत मात्रै भिसाका लागि प्रक्रिया अगाडि बढाउने भएकाले अरु स्वास्थ्य संस्थाबाट परीक्षण गरेमा भिसा लाग्दैन ।
सरकारले त्यसका लागि पहल गरिरहे पनि टुङ्गो लागेको छैन । मलेसिया नेपालीको कादारकाे पहिलो रोजाइको गन्तव्य हो । २०७४ सालमा १ लाख १६ हजार ५ सय ७२ जना मलेसिया गएका थिए ।
मलेसिया