ओमानमा शक्तिशाली मेकुनु आँधी कारण जनजीवन प्रभावित

ओमान । ओमानको दक्षिणी क्षेत्रमा शक्तिशाली मेकुनु आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीका कारण तीव्र गतिमा हावा चलेको छ भने भिषण वर्षा भएको छ ।
आँधीका कारण १२ वर्षकी बालिकाको ज्यान गएको पुष्टि भएको छ । यस्तै अरु तीनजना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । बालिकालाई हावाले उडाएर भित्तामा ठोक्काएका कारण ज्यान गएको हो ।
ओमानको ढोफर र अल–वस्त प्रान्तमा आँधीका कारण जनजीवन बढी प्रभावित भएको छ । त्यहाँको राष्ट्रिय टेलिभिजनले जनजीवन प्रभावित भएको देखाएको छ । आँधी शुक्रबार निकै तीब्र गतिमा हावा चलेको थियो ।
तर अहिले केही कम हुँदै गएको छ र बिस्तारै हट्दै जाने सरकारी अधिकारीले बताएका छन् । यो आँधी पहिले यमनको सोकोट्रा आइल्याण्ड भएर आएको हो । त्यहाँ कम्तिमा सातजनाको ज्यान गएको थियो ।
ओमान मेकुनु आँधी