News स्वास्थ्य प्रदेश ५

दाङमा झाडापखालाको महामारी , बिरामीले पाएनन् औषधि

दाङमा झाडापखालाको महामारी , बिरामीले पाएनन् औषधि

दाङ । दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको महामारी देखिएको छ । शान्तिनगर ३ चिराघाट लगायतका क्षेत्रमा शुक्रबार रातिदेखि देखिएको झाडापखालाको महामारी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए।

 

अहिले  झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ। १० जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको भए पनि महामारी नियन्त्रणमा लिन नसकिएकाे  पुनले बताए ।  औषधि समेत अभाव भएपछि जिल्ला र क्षेत्रलाई खबर गरेर औषधि मंगाइएको उनले बताए। 

 

गाउँका सबै बिरामी परेको र औषधि अभाव भएको उनको भनाइ छ । ‘उपचारमा बिहानैदेखि हामी खटिरहेका छौ। तर, पनि नियन्त्रण गर्न सकिएको छैन’, उनले भने, ‘जनशक्ति पनि कम भयो औषधि पनि अभाव छ । गाउँपालिका र आसपासका क्षेत्रमा भएको सबै औषधि खपत भइसक्यो।’

झाडापखाला दाङ औषधि अभाव

विशेष