सरकार सय दिनकाे परिक्षामा डिस्टिंक्शनले पास भयाेः मन्त्री पण्डित

सरकार सय दिनकाे परिक्षामा डिस्टिंक्शनले पास भयाेः  मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मूल्यांकन गर्दा सुरुवाती चरणमा आफूहरु ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।

 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा  मन्त्री पण्डितले भने, ‘सरकारको कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो प्रतिशत भनेको डिस्टिंक्शन नै हो ।’

 

सरकारले हिम्मतका साथ अन्य देशहरुसँग देशहितका कुरा राखेको छ उनले बताए । मन्त्री पण्डितले भने। 'यसैको परिणाम हो विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्नु, अझै धेरै मेहनत गर्न बाँकी छ, हामी दुवै तर्फबाट विश्वास लिएर अघि बढ्छौं, नागरिकलाई सुशासन र समृद्धि दिलाउँछौं ।’

 

मन्त्री पण्डितले राजनीतिक संक्रमणकालको अन्त्य भए पनि प्रशासनिक संक्रमणकाल अझै पनि जारी रहेको बताए  । 'अब आउने नयाँ आर्थिक वर्ष सुरुसँगै म प्रशासनिक संक्रमणको अन्त्य गर्छु, मैले यो मन्त्रालय सम्हालेको जम्मा दुई महिना भयो, संगठन र संरचना तयार थिएन’ मन्त्री पण्डितले  भने, ‘अहिले १० प्रतिशत प्रक्रिया सुरु भएको छ, अब असारसम्म सय प्रतिशत पुर्याउँछु ।’

लालबाबु पण्डित सरकारका सय दिन डिस्टिंक्शन

संम्बधित खबर

विशेष