विदेश

किम र मुनबीच अाकस्मीक भेटवार्ता

किम र मुनबीच अाकस्मीक भेटवार्ता

एजेन्सी ।   उत्तर कोरियाका नेता किम जोङ उन  र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच शनिबार आकस्मीक भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता रद्द भएको घोषणा गरेको भोलिपल्ट दुईदेशका नेताहरुबीच अकस्मात भेटवार्ता भएको हो ।

 

उनीले दुई देशको सिमानामा रहेको पानमुनजोम गाउँमा पुगेर भेटवार्ता भएको हो । दुई नेताबीच गएको अप्रिलमा भेटवार्त भएको थियो । दुई नेताबीच उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पबीच हुने भेटवार्ताको विषयमा छलपफल भएको छ  ।

 

जुन बैठक एक दिनअघि अमेरिकी राष्ट्रपतिले रद्द गरेको बताएका थिए । दुई नेताबीचको भेटमा संयुक्त वक्तव्यको कार्यन्वयन बारेमा पनि छलफल भएको दक्षिण कोरियाले जनाएको छ ।

 

भेटघाटको उद्देश्य अमेरिकासँगको उत्तर कोरियाकाे वार्त सफल बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ । भेटवार्ताले दुई कोरियाबीचको सम्बन्ध बढाउन सघाएको दक्षिण कोरियाले जनाएको  छ ।

 

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको फोटोमा किम र मून अंकमाल गरेको देखाइएको छ । मुनले दुई नेताबीच भएको छलफल तथा वार्ताबारे आइतबार जानकारी दिने बताइएको छ ।

 

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले संयुक्त रुपमा सैन्य अभ्यास गरेको भन्दै अमेरिकासँगको वार्ता रद्द गर्ने चेतावनी दिएको केही दिनपछि अमेरिकाले पनि वार्ता रद्द गरेको जनाएको थियो ।
 

किम जोङ उन भेटवार्ता मुन जेइ इन

विशेष