News

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने राजपाको चेतावनी

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने राजपाको चेतावनी

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने बताएका हुन् ।

 

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकलाई अघि बढाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।

 

नेता यादवले विकास, निर्माणको कामलाई अघि बढाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे। नेता यादवले सरकारले विकासको सपना देखाए पनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

राजपा समर्थन फिर्ता सरकार

विशेष