News

भक्तपुरमा सिडियाेलाइ चिउराले स्वागत गर्नुकाे कारण यस्ताे रहेछ

भक्तपुरमा सिडियाेलाइ चिउराले स्वागत गर्नुकाे कारण यस्ताे रहेछ

काठमाडाैं । भक्तपुरका क्रियाशील पाँच संघसंस्थाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई चामल, चिउरा र तरकारी दिएर स्वागत गरेका छन् ।

भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर पर्यटन विकास समिति, जिल्ला कृषि सहकारी संघ लिमिटेडलगायतले प्रजिअ भट्ट र प्रहरी उपरीक्षक श्रेष्ठलाई सामूहिक भक्तपुरमै उत्पादन भएको टाइचिन चिउरा, लोकल चामल, कालो चामल, कुरिलो, मुला, काउली, च्याउलगायत  स्थानीय रुपमै उत्पादित सामाग्रीसहित स्वागत गरेका हुन् ।

राजधानी दैनिकबाट

विशेष