News अपराध सुरक्षा मुख्य समाचार प्रदेश १

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

धरान । नेपाली कांग्रेसको युवा संगठन तरुण दल सुनसरीका सभापति सिजन गुरुङ गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शुक्रवार पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।


गुरुङलाई पछिल्लो पटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप लागेको छ । यद्यपि नेता गुरुङले भने सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् ।

 

निकै विवादित छविका गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए । जसमा जबरजस्ती मिलापत्र गराइएको आरोप छ ।डिएसपी श्रेष्ठले गुरुङका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

 

यसअघि २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट सिजन गुरुङलाई प्रहरीले पक्रिएको थियो । त्यसविरुद्ध उनका समर्थकले चक्काजाम लगायतका दबावमुलक आन्दोलन गरेका थिए । नेता कार्यकर्ताको चर्को दबावपछि उनी रिहा भएका थिए ।

तरुण दल सिजन गुरुङ

विशेष