News प्रदेश २

नेकपाले लियाे प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता

मुख्यमन्त्री राउतकाे काम कारबाहीप्रति असन्तुष्टी

नेकपाले लियाे प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'ले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा नेकपाले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो ।



नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत भएकाले सरकारलार्इ कुनै फरक नपर्ने देखिएकाे छ ।  नेकपाका सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसदलाई दिएका हुन् । 

 

उनीहरूले मुख्यमन्त्री लालबाबु राउतकाे कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिएकाे बताएका छन् ।

 

लालबाबु राउत प्रदेश २ सरकार

विशेष