News

गोरेको बयानः सनु तस्करीबारे गरे यस्ताे खुलासा

'सनमकाे मृत्युले म साह्रै दुखी छु'

गोरेको बयानः सनु तस्करीबारे गरे यस्ताे खुलासा

 मोरङ । सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले यसमा अाफ्नाे संलग्नता रहेकाे स्वीकार गरेका छन् ।

 

जिल्ला अदालत मोरङमा दिएको ३७ पेज लामो बयानका क्रममा गोरेले उक्त प्रकरणकाे आफू नाइके भने नभएको दाबी गरेका हुन् । बयानमा उनले सुन तस्करीमा आफूभन्दा पनि अरु व्यक्तिको संलग्नता बलियो भएको भन्दै आफू व्यवस्थापनका काममा मात्रै संलग्न रहेको बताए । 

 

उनले भने ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गर्छ । कोको संलग्न छन् यकिन भन्न सक्दिनँ ।’

 

गोरेले बयानका क्रममा थाई एयर र फ्लाइ दुबईको जहाजबाट सुन ल्याउने गरेको बताएका छन् । उनले सुन तस्करीको आरोपमा पक्राउ परेका प्रहरी अधिकारीहरुलाई आफूले नचिन्नेकाे बताए । 

 

गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।


छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’

 

गाेरेले सनम शाक्यकाे हत्या भव्यतव्यमा हुन गएकाे बताए । उनले भने,'सनम मेराे मिल्ने साथि हाे । उसलार्इ नियतवस मारिएकाे हैन । सनमकाे मृत्युले म साह्रै दुखी छु। ' 

चूडामणि उप्रेती गोरे ३३ किलो सुनकाण्ड

विशेष