सुन तस्करीका मुख्य अभियुक्त गोरे जेल चलान

सुन तस्करीका मुख्य अभियुक्त गोरे जेल चलान

विराटनगर । ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती 'गाेरे'  पुर्पक्षका लागि जेल चलान भएका छन् । गत मंगलवार काठमाडौंबाट पक्राउ परेका गोरेलाई जिल्ला अदालत मोरङले आइतवार मुद्दाको पुर्पक्षका लागि जेल चलान गरेको हो ।

 

गत बुधवारबाट अदालतमा बयान लिन शुरु भएको थियो । आइतवार बयान सकिएसँगै भएको थुनछेक बहसपछि गोरेलाई जेल चलान गर्ने आदेश भएको हो । 

 

जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले गोरेलाई जेल चलान गर्ने आदेश दिएको हो । गोरेसँगै सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा पुर्पक्षका लागि जेल चलान हुने संख्या २९ पुगेको छ । 

 

यसअघि जेठ ८ गते जिल्ला अदालत मोरङले सुन काण्ड र सनम हत्यासँग जोडिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

चूडामणि उप्रेती गाेरे जेल चलान

संम्बधित खबर

विशेष