गोरेको बयानः सुन तस्करीबाट एसएसपी खत्रीले लिए साढे २ करोड
फरार एसएसपी खत्रीले एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे
विराटनगर । ३८ क्विन्टल सुन तस्करीमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता पाइएको छ ।
सुन तस्करी र सनम शाक्य हत्या काण्डका अभियुक्त चुडामणि उप्रेति गोरेले मोरङ जिल्ला अदालतमा दिएको बयानमा खत्रीले विमानस्थलबाट सुन बाहिर ल्याउँदा माटो रकम लिने गरेको खुलाएका हुन् ।
वयानमा गोरेले भने, श्याम खत्रीले सुन बाहिर निकाले बापत प्रति किलो ५० हजार लिन्थे । आफैंले बुझ्थे । यो लाइनबाट (त्यसरी उनले) चार सय देखि पाँच सय किलो सम्म सुन आएको छ ।
गोरेको बयानअनुसार खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो ।
यस हिसावमा एसएसपी खत्रीले सुन तस्करी वापत २ करोड ५० लाख रुपैयाँ गोरेबाट लिएका छन् । गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । ‘
खत्री हाल फरार छन् । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी छ । खत्री यसअघि पनि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो ।
सुन तस्करी एसएसपी श्याम खत्री चुडामणि उप्रेति गोरे