हङकङमा गोर्खाजहरु आन्दोलित, बेलायती राहदानीमा ढिलो भएको गुनासो
काठमाडाैं । बेलायती राहदानी दिन ढिलाइ गरेको भन्दै हङकङस्थित ब्रिटिश गोर्खा सैनिकका सन्तानहरुले बेलायती वाणिज्य दूतावासअघि प्रदर्शन गरेका छन्। उनीहरुले आफूले बेलायती राहदानी पाउन करिब ४ वर्षको अवधि लाग्ने भएपछि प्रदर्शन गरेकाे बताएका छन् ।
मंगलबारकाे प्रदर्शनमा गोर्खा सैनिकका छोराछोरी र नातिनातिना थिए। बेलायती कर्मचारीले आफूहरुसँग अत्याधिक कागजात माग राखेको, ढिलासुस्ती गरेको, अल्झाएको, भेदभाव र अपमान गरेको उनीहरुकाे भनाइ छ ।
बेलायती वाणिज्य दूतावासका महानिर्देशक मार्क थम्सनले भने राहदानीका लागि झुठो नाता कायम गर्ने प्रयासले ढिलाइ भएको बताएका छन् । यद्यपि उनले तत्कालै ढिलाइको समीक्षाका लागि एक टोली गठन गरिएको पनि बताए।
थम्सनले दूतावासको परिसरमा पुगेका प्रदर्शनकारीलाई एक पत्र थमाएका थिए। उनले पत्रमा आफूहरु सन्तुष्ट नभएसम्म कसैलाई पनि राहदानी नदिइने जनाउँदै यो प्रणालीबाट अनुचित लाभ उठाउन खोज्नेहरुका कारण ढिलाइ भएको बताएका छन्।
गाेरखाज बेलायती