गायक शिव परियार मोटरसाइकल दुघर्टनामा घाइते

काठमाडौं । गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको सामाखुशि बसुन्धरा रुटमा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।
उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ ।
उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किएको बताइएको छ ।