News मुख्य समाचार

पौडेललाई देउवाको जवाफः महाधिवेशनमै गरौँला प्रतिष्पर्धा, कसैले 'गेटआउट' भन्दैमा छोड्दिन !

पौडेललाई देउवाको जवाफः महाधिवेशनमै गरौँला प्रतिष्पर्धा, कसैले 'गेटआउट' भन्दैमा छोड्दिन !

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले ‘गेट आउट’ भन्दैमा आफूले नेतृत्व नछाड्ने बताएका छन् ।

 

कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा देउवाले निर्वाचित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले नपाउने बताए ।

 

देउवाले भने, 'म निर्वाचित भएर आएको सभापति हुँ । कसैले गेट आउट भन्दैमा गेट आउट हुन्नँ । अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहिँ प्रतिस्पर्धा गरौंला ।'

 

निर्वाचनमा पराजयपछि रामचन्द्र पाैडेल र कृष्णप्रसाद सिटाैला समूहले सभापति देउवाको कार्यक्षमतामा प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै अाएका छन् ।  तर देउवाले भने अाफ्नाे कार्यक्षमता राम्रै रहेकाे भन्दै पार्टी हार्नुमा वाम एकता नै भएकाे बताए । 

 

'यसपटक एमाले र माओवादी मिलेका कारणमात्र कांग्रेस हारेको हो । उनीहरु नमिल्दा पनि यसअघि दुईपटक कांग्रेसले चुनाव हारेकै हो । मैले किन जिम्मा लिने ?' देउवाले भने । कार्यक्रममा रामचन्द्र पाैडेललगायतका नेता पनि सहभागी भएका थिए ।

शेरबहादुर देउवा नेपाली काँग्रेस रामचन्द्र पाैडेल

विशेष