विदेश

अफगानिस्तानमा हवाई आक्रमणः दुई कमाण्डरसहित १९ तालिवान लडाकू मारिए

अफगानिस्तानमा हवाई आक्रमणः दुई कमाण्डरसहित १९ तालिवान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई आक्रमणमा परि कम्तीमा १९ जना तालिवान लडाकू मारिएका छन् । मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले जानकारी दिए । 

 

हस्का मिना जिल्लामा शनिबार भएको आक्रमणमा १९ जना आइएस लडाकू मारिएकाकाे मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । मारिने दुई जना कमाण्डरमा क्वारी इसरार र मुल्लाह हासघार रहेका छन् । 

 

उक्त विज्ञप्तिमा नेटोसहितको अफगान हवाई सेवा वा अमेरिकी नेतृत्वको गठबन्धन सेनामध्ये कसले हवाई हमला गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन । 

 

काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्ने उक्त पहाडी प्रान्तमा सरकारी सेना र लडाकूका बीचमा बेला बेलामा भिडन्त हुने गरेको छ । 
 

हवाई आक्रमण लिवान लडाकू मारिए नान्गाहार प्रान्त

विशेष