विदेश खेल

यस्तो पनि प्रतिष्पर्धा !, जहाँ युवतीहरु ‘हिल’ लगाएर डोरीमा हिँड्छन्

यस्तो पनि प्रतिष्पर्धा !, जहाँ युवतीहरु ‘हिल’ लगाएर डोरीमा हिँड्छन्

एजेन्सी । पहराछेउमा टाँगिएको एउटा झिनो डोरी समातेर झुण्डिनु निकै जोखिम काम हो । डोरीमा टेकेर उभिनु कस्तो होला !

 

त्यो पनि ‘हाई हील’ लगाएर ! चीनको झाङजियाजीस्थित पहाडको चट्टान भएको ठाउँमा हरेक वर्ष हुने डोरीमा हाई हील लगाएर हिँड्ने यो खेल विश्वभर प्रख्यात छ ।

 

‘टाइटरोप कन्टेसट’नाम दिइएको यस खेलका लागि खासगरी थुप्रै युवतीहरु सहभागी हुन्छन् । खेलका लागि शाहसी युवतीहरु वर्षौँदेखि तयारी गर्दै यहाँ भाग लिन आउँछन् ।

पहाडको छेउमा खेलाइने यस्तो रोचक प्रतिष्पर्धा धेरैको चासो हुने गर्छ । पछिल्लो आइतबार पनि चीनको झाङजियाजीमा यही खेल खेलाइयो ।

 

जहाँ विभिन्न देशका युवतीहरु सहभागी थिए । उनीहरु हिल लगाएर डोरीमा हिँडेरै पार गर्नुपर्ने हुन्छ । सुरक्षाका लागि उनीहरुको कम्मरमा भने बाँधिएको हुन्छ ।

 

यस्तो जोखिमयुक्त र रोमान्चक खेलमा पछिल्लो समय युवतीहरु आकर्षित छन् ।


 

 

विदेश चीन डाेरीकाे खेल

विशेष