प्रवासी नेपालीद्वारा अलपत्र परेकी एक नेपाली बालिकाकाे उद्धार

काठमाडाैं । भारतको नयाँ दिल्लीमा एक नेपाली बालिका बेवारिसे अवस्थामा फेला परेकी छन् । दिल्लीमा अलपत्र परेकी झापाको काँकरभिटृाकी १३ वर्षिया दिपिका तामाङलाई प्रवासी नेपालीले उद्धार गरेका हुन् ।
दिपिका दिल्लीमा अलपत्र परेकाे अवस्थामा भेटिएकी थिइन् । दिल्लीमा रहेका नेपाली धनविर पुनले भेटेपछि उनको पहिचान खुलेको हो । बालिकालाई सोधपुछ गर्दा सानिमाले दिल्लीको अफिसमा काम लगाइदिन्छु भनेर दिल्ली आएको धनविरले बताए ।
उनका अनुसार दिपिकाले केही समय अफिसमा काम गरेको र पैसा माग्दा पिटेर निकालेपछि अलपत्र परेकी थिइन् । बालिकाको परिवारसँग जिम्मा लगाउने तयारी भइरहेको धनविरले बताए ।
उद्धार दिपिका तामाङ