News मुख्य समाचार

ढुंगेलकाे रिहापछि नेविसंघ सभापति महरकाे अाक्राेशः अाेली र प्रचण्ड फेरि रत्नाकर डाँकु बन्न खाेज्दैछन्

ढुंगेलकाे रिहापछि नेविसंघ सभापति महरकाे अाक्राेशः अाेली र प्रचण्ड फेरि रत्नाकर डाँकु बन्न खाेज्दैछन्

काठमाडौं  । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेकाे भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेकाे छ । ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गरेकाे हाे ।

 

नेविसंले ढुंगेलको रिहाइले कानुनी राज्यको उपहास भएकाे भन्दै नंगा भएर संकेतिक प्रदर्शन गरेकाे छ । नेविसंघ सभापति नैनसिंह महरले सरकारले ज्यान मार अपराधि ढुंगेल रिहा गरेर न्यायकाे धज्जी उडाएकाे बताए । 

 

उनले भने, 'केपी अाेली र प्रचण्ड रत्नकार डाँकुबाट वालमिकी बन्छन् हाेला साेचेका थियाैँ । तर उनकाे याे हर्कत देख्दा कुख्यात डाँकुनै रहन खाजेकाे देखियाे ।' सरकारकाे याे रबैयाविरूद कडा अान्दाेलन गर्ने महरले  चेतावनी पनि दिए । 


सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल आज रिहा भएका छन्। सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलसहित ८ सय १ट कैदीको बाँकी कैद मिनाहा गरेकाे छ । 

विशेष